दफा १२
सजाय र पुनरावेदन
(१) यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेशको उल्लंघन गर्ने
व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरीवाना गरी निजले पाएको
इजाजतपत्र समेत खारेज गर्न सक्नेछ ।
(२) कसैले यस ऐन बमोजिम इजाजतपत्र नलिई चलचित्र निर्माण, प्रदर्शन वा वितरण
गरेमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्तिलाई उपदफा (१) मा लेखिए बमोजिम जरीवाना
गरी त्यस्तो चलचित्र र सो चलचित्र निर्माण, प्रदर्शन वा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरु
समेत जफत गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्रमुख जिल्ला अधिकारीले दिएको आदेश उपर जिल्ला
अदालतमा पुनरावेदन लाग्नेछ ।